१७ मंसिर २०७८, शुक्रबार
गृह लकडाउन उल्लंघन गर्ने सवारि फिर्ता नहुने
लकडाउन उल्लंघन गर्ने सवारि फिर्ता नहुने

काठमाडौं । प्रदेश १ मा सरकारले आह्वान गरेको लकडाउनको उलंघन गर्दै सवारी चलाउनेको संख्या नघटेपछि कडाइ गर्ने नीति लिएको छ । लकडाउनको उल्लंघन गर्दै सञ्चालन गरिएका सवारी साधन अब प्रहरीले तत्काल फिर्ता नदिने भएको छ ।
कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लगाएको लकडाउन उल्लंघन हुने क्रम नरोकिएपछि शुक्रबारदेखि प्रहरीले सडकमा भेटिने सवारी साधन नियन्त्रणमा लिएर फिर्ता नदिने नीति लिएको हो । मोरङ प्रहरीका एसपी विश्व अधिकारीका अनुसार सवारी साधन नियन्त्रणमै राख्ने र लकडाउन उल्लंघन गर्नेलाई २ घण्टा यथास्थानमा उभ्याएर पठाइने छ ।

Facebook Comments

हरेक खबर खास खबर