१७ मंसिर २०७८, शुक्रबार
गृह सेनाको शव लिन सुडान उड्यो विमान
सेनाको शव लिन सुडान उड्यो विमान

काठमाडौं । हृदयाघातका कारण ज्यान गुमाएका एक नेपाली सैनिकको शव आइतबार नेपाल ल्याइने भएको छ । नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको गएको १७ गते शान्ती मिसनको ड्युटीकै क्रममा हृदयघात हुँदा मृत्यु भएको थियो । स्वर्गिय विष्टको शव लिन श्री एअरलाइन्सको नाइन एन ए एमबी कलसाइनको जहाज सुडानको लागि उडेको छ ।

जहाज आयतबार विष्टको शव लिएर नेपाल आइपुग्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । विष्टको शव ल्याउन संयुक्त राष्ट्रसंघको शान्ति मिसनले समन्वय गरेको नेपाली सेनाले जनाएको छ ।


Facebook Comments

हरेक खबर खास खबर