१८ मंसिर २०७८, शनिबार
गृह प्रधानमन्त्रीका सल्लाहकार अस्पताल भर्ना, के भयो त्यस्तो ?
प्रधानमन्त्रीका सल्लाहकार अस्पताल भर्ना, के भयो त्यस्तो ?

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा नेकपा नेता डा.राजन भट्टराई अस्पताल भर्ना हुनुभएको छ । गएराति मुटुमा अचानक समस्या आएपछि महाराजगन्जस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । मुटुको भल्भमा समस्या भएपछि उनको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि उहाँको अवस्था सामान्य भइसकेको पारिवारिक स्रोतले जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर