१८ मंसिर २०७८, शनिबार
गृह गोकुल बाँस्कोटाले गरे यस्तो राम्रो काम
गोकुल बाँस्कोटाले गरे यस्तो राम्रो काम

काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकका स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण कार्यलाई निरन्तरता दिएका छन् । विश्वभर कोरोना भाइरसको महामारि बढिरहेका बेला नेपालमा पनि तयसको त्रास कायम रहेकै समयमा उनले यो कार्यलाइ निरन्तरता दिएका हुन् ।

बाँस्कोटाले जिल्लाका १३ स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीका लागि हाल ठूलो परिमाणमा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । उनले १९५ पीपीइ (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट), २५० मिलीटिलरको २२९ स्यानिटाइजर तथा चार हजार सर्जिकल मास्क उपलब्ध गराएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सदस्य जेनिस लामाले जानकारी दिए । उनका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा पीपीइको निकै अभाव थियो । बाँस्कोटाले यसअघि छ स्थानीय तहका लागि ९८० स्यानिटाइजर र ८५० सर्जिकल मास्क उपलब्ध गराएका थिए ।


Facebook Comments

हरेक खबर खास खबर