१७ मंसिर २०७८, शुक्रबार
गृह धादिङ कारागारबाट छुटे २२ कैदीबन्दी
धादिङ कारागारबाट छुटे २२ कैदीबन्दी

धादिङ । जिल्ला अदालत धादिङको आदेशमा धादिङ कारागारबाट २२ कैदीबन्दी रिहा भएका छन् । २ जना बालकसहित २२ कैदी बन्दीलाई रिहा भएका हुन् । सार्वजनिक मुद्दा, अभद्र व्यवहारजस्ता सामान्य प्रकृतिका घटनामा संलग्न भई हिरासतमा रहेकालाई रिहा गरिएको जिल्ला कारागार शाखा प्रमुख गंगाराम योगीले जानकारि दिएका छन् ।

उनीहरुलाई कोभिड–१९ को संक्रमण भए अवस्था जटिल बन्न सक्ने कारण कैदी संख्या घटाउन रिहा गरिएको प्रमुख योगीले बताए । चार महिला तथा १८ पुरुष र यसबाहेक आश्रित दुई बालबालिकालाई पनि आमाबाबुसँंगै छाडिएको हो । कारागारमा गत आइतबारदेखि आफन्तहरुसँग कैदीको भेटघाट बन्द गरिएको छ । एक सय २५ जना क्षमता रहेको जिल्ला कारागारमा हाल ३ सय ३० जना कैदीबन्दी छन् ।


Facebook Comments

हरेक खबर खास खबर