२२ मंसिर २०७८, बुधबार
गृह भारतीय सञ्चार माध्यमले प्रसारण गरेको समाचार प्रहरीद्वारा अस्वीकार
भारतीय सञ्चार माध्यमले प्रसारण गरेको समाचार प्रहरीद्वारा अस्वीकार

कोरोना फैलाएको हल्ला भारतीय प्रहरीद्वारा नै अस्वीकार
काठमाडौं ।
भारतीय सञ्चार माध्यमले प्रसारण गरेको समाचारको भारतीय प्रहरीले नै इन्कार गरेको छ । भारतीय प्रहरीको मुख्यालय बिहार प्रमुख डिजिपी गुप्तेश्वर पाण्डेले आफुलाई सञ्चार माध्यमहरुमा आएको हल्ला जस्तो नेपालबाट कोरोना पैmलाउने षड्यन्त्र गरेको कुनै जानकारी नभएको बताएका छन् । भारतीय टिभी च्यानल टिभी–९ सँग गरेको कुराकानीमा डिजीपी गुप्तेश्वर पाण्डेले भारतीय सञ्चार माध्यमले फैलाएको हल्ला जस्तो आफुलाई कुनै सूचना नआएको बताएका छन् ।

सञ्चारकर्मीले एसएसबी र डिएमले पत्र नै लेखेको छ नि भनेर सोधिएको प्रश्नमा उनले भनेका छन्, “एसएसबीले नेपालबाट भारत प्रवेश गर्ने सूचना पाएको र उनीहरु कोरोनाको संक्रमित शंकास्पदहरु पनि हुन सक्छ, भन्ने आशयको छ । तर, अहिले सम्म कोही नेपालबाट भारत प्रवेश गरेको हो वा होईन त्यो जानकारी छैन ।” एसएबीले कुन आधारमा पत्र लेखेको हो, त्यो विषयमा एसएसबीका अधिकारीहरुले नै जवाफ दिने बताउदै उनले भारतको पश्चिम चम्पारणका जिल्ला अधिकारीले पनि एसएसबीको पत्रको आधारमा भनेको हुनसक्ने बताएका छन् । एसएसबी र डिएमले पनि पत्र लेखेको विषयमा सञ्चारकर्मीले प्रश्न गर्दा उनले भने, “त्यो त उहाँहरुलाई नै सोध्नुस । हाम्रो प्रहरीले सबैतिर प्रभावकारी काम गरिरहेको छ । अन्तराष्ट्रिय सीमा बन्द गरिएको छ । अहिले नेपाल र भारतमा पूरा लकडाउन छ । देशकै एक जिल्लाबाट अर्को जिल्लामा जान सम्भव छैन । एउटा देशबाट अर्को देशमा जान कसरी सम्भव छ ? रातदिन हामी खटिरहेका छौं ।” सूचना कुन आधारमा लेखिएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको बताउदै उनले भनेका छन्, “जनतालाई आतंकित बनाउन जरुरी छैन । त्यो कसरी लेखियो हामी अनुसन्धान गरिरहेका छौं ।”

भारतीय सञ्चार माध्यमहरुले नेपालबाट पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँले भारतमा कोरोना फैलाउन षड्यन्त्र गरेको व्यापक प्रचार गरेका थिए । जगरनाथपुर गाउँपालिका प्रमुख मियाँले पनि यस विषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । उनले आफुमाथि लागेको आरोपको पुष्टि गर्न चुनौती दिदै चरित्र हत्या गर्नेमाथि कारवाही गर्न सरकारसँग माग पनि गरेका छन् । भारतीय सुरक्षा अधिकारीहरुले दिएको सूचनाको हवाला दिदै नेपाली नागरिक माथि गम्भीर आरोप लगाएर सञ्चार माध्यममा हल्ला पैmलाउनु दुवैदेशको हित विपरीत भएको टिप्पणीहरु भईरहेको छ । यसको प्रदेश सरकार र संघ सरकारले कुटनीतिक स्तरबाट कुरा राख्नुपर्ने आवाज उठिरेहेको छ ।


छिमेकी मुलुकसँग सीमा जोडिएको पर्साको जगरनाथपुर गाउँपालिका शुक्रबार भारतीय सञ्चारमा माध्यममा निकै चर्चामा आएको थियो । यसअघि विभिन्न स्थानबाट भारतमा कोरोना फैलाएको समाचार फैलाएर जनतालाई आंतकित बनाएको भारतीय सञ्चार माध्यमले शुक्रबार नेपाल र नेपालीको अस्मितामाथि नै धावा बोलेको छ । नेपालको स्थानीय सरकारका प्रमुख माथि नै नेपालबाट भारतमा कोरोना भाईरस संक्रमण फैलाउने योजना बनाएको गम्भीर आरोप सहित भारतीय सञ्चार माध्यमले प्रसारण गरेको थियो ।

Facebook Comments

हरेक खबर खास खबर