१७ मंसिर २०७८, शुक्रबार
गृह मजदुरलाइ कुहिएको राहत बाँड्दै स्थानिय तह
मजदुरलाइ कुहिएको राहत बाँड्दै स्थानिय तह

काठमाडौं । लकडाउनका बेला जुम्लाको हिमा गाउँपालिकाले म्याद गुज्रेको नुन बाँडेको भन्दै स्थानियले विरोध जनाएका छन् । गाउँपालिकाले नेपाल साल्ट ट्रेडिङ कार्यालय सिञ्जा डिपोबाट वितरण गरेको नुन सन् २०१६ र २०१७ को भएको भन्दै स्थानीयले विरोध जनाएका हुन् । स्थानीय प्रशासनले तीन दिनमा नुनको गुणस्तरबारे जानकारी दिन साल्ट ट्रेडिङलाई अल्टिमेटम दिएको छ ।

साथै अर्को व्यवस्था नभएसम्म नुन वितरण नगर्न भन्दै गाउँपालिकालाई बोधार्थ गरेको छ । प्रशासनले गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शााखालाई बोधार्थ गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिएका छन् । सुर्खेेतको वीरेन्द्रनगर नगरपालिका–१० मा राहतस्वरुप बाँडिएको चामल म्याद गुज्रिएको भन्दै स्थानीयले फिर्ता गरेका छन् । म्याद सकिएको खाद्यान्न राहतको नाममा वितरण गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । वडा कार्यालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतबाट खरिद गरेको चामल म्याद सकिएको भेटिएको हो ।


Facebook Comments

हरेक खबर खास खबर