१७ मंसिर २०७८, शुक्रबार
गृह कोरोना आइसोलेसन वार्डमै युवतीमाथी बलात्कार
कोरोना आइसोलेसन वार्डमै युवतीमाथी बलात्कार

एजेन्सी : भारतमा कोरोना संक्रमित भनि राखिएको २५ वर्षीय युवतीको कोरोना भाइरसका आइसोलेसन वार्डमा बलात्कार भएको छ । उनी गर्भवती थिइन्, उनको शरीरबाट अत्याधिक रगत बगेको कारण भारतको गया जील्लाको अनुराग नारायण महत अस्पतालमा गर्भपतन गराउन गएकी क्रममा उनमा कोरोनाको संक्रमण देखिएको बताइएको थियो ।

कोरोना संक्रमण देखापर्दा युवतीलाई आइसोलेसन वार्डमा राखिएको थियो । अस्पतालमा उनलाई केही दिन राखिएको र केही परिक्षण पश्चात युवतीमा कोरोनाको संक्रमण नभएको भन्दै उनलाई डिस्चार्ज गरिएको थियो ।तर, डिस्चार्ज भएतापनि उनको रगत बग्ने क्रम भने जारी नै रह्यो र उनको अत्याधिक रगत बगेको कारण ६ अप्रिलको मूत्यु भयो ।

मृत्युको अन्तिम क्षणमा उनले आफूमाथि चिकित्सकले बलात्कार गरेका भन्दै आरोप लगाइन् । उनको बयानलाई मध्येनजर राखि गया प्रहरीले अनुसन्धान गर्न थाल्यो । अनुसन्धानको क्रममा प्रहरीले अस्पतालको सीसीटिभी फूटेज नियन्त्रणमा लियो । उक्त फूटेजमा दुई जना मानिस चिकित्सकको पोशााक लगाई युवती रहेको आइसोलेसन वार्डमा पसेर युवतीको बलात्कार गरेको देखापरेको जनाइएको छ । ती दुवै आरोपीलाई प्रहरीले हिरासतमा लिएको छ । अनुसन्धानको क्रम भने जारी रहेको जनाइएको छ । 


Facebook Comments

हरेक खबर खास खबर