१७ मंसिर २०७८, शुक्रबार
गृह लकडाउन लम्बिने प्रधानमन्त्रिको संकेत
लकडाउन लम्बिने प्रधानमन्त्रिको संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लक डाउनमा कुनै किसिमको सम्झौता नगर्न मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् । शनिवार प्रधानमन्त्री कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भएको भिडिओ कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले लक डाउनलाई कडाइका साथ पालना गर्नसमेत आग्रह गरे । जनताले पनि दुःख नपाउनेतर्फ ध्यान दिन जरूरी रहेको भन्दै भावनामा बहकिन नहुने उनको भनाई छ ।

प्रधानमन्त्रीले कोभिड—१९ परास्त गर्न सामाजिक दुरी कायम गर्नुको विकल्प समेत नभएको बताएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले लकडाउनको अवधि लम्बिन सक्ने संकेत गरेका छन् । कन्फ्रेन्समा ओलीले प्रदेश सरकारले कोरोनाको जोखिम न्यूनीकरणमा गरेका कामबारे सबै प्रदेश सरकारले गरेका काम कारबाहीबारे जानकारी समेत लिएका छन् ।


Facebook Comments

हरेक खबर खास खबर