१८ मंसिर २०७८, शनिबार
गृह म जस्तो नैतिक र सदाचारी कोहि छैनः बाँस्कोटा
म जस्तो नैतिक र सदाचारी कोहि छैनः बाँस्कोटा

काठमाडौं । पूर्व मन्त्रि गोकुल बाँस्कोटाले आफू जस्तो नैतिक र सदाचारी अरु कोहि पनि नभएको दावी गरेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएपछि राजीनामा दिन बाध्य पूर्वमन्त्री बाँस्कोटाले आफू अनैतिक र भ्रष्ट नभएको दाबी गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले एक जनाले प्रश्न उठाउनसाथ आफूले छानबिनमा सहयोग पुगोस् भनेर राजीनामा दिएको तर्कसमेत गरेका छन् । उनले इमानदारिता र नैतिकतामा आफू पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट र पूर्वमन्त्री केशरबहादुर विष्टको समान रहेको जिकीर पनि गरेका छन् । सिंहदरबार जलेपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट र रंगशालामा दुर्घटना हुनासाथ केशरबहादुर विष्टबाहेक अरूले आफूले जसरी राजीनामा नदिएको तर्क बाँस्कोटाले गरेका हुन् ।


आफ्नो सामाजिक सञ्जालमा बास्ँकोटा लेख्छन्, ‘एक जनाले मात्र प्रश्न खडा गर्नासाथ राज्य संयन्त्रलाई छानबिन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएँ । सिंहदरबार जल्नासाथ कीर्तिनिधि विष्ट र रंगशाला दुर्घटना हुनासाथ केशरबहादुर विष्टले राजीनामा दिएबाहेक कसैले मैले जसरी राजीनामा दिएका छन् ? अझ म अनैतिक र भ्रष्ट ? बात गर्छन् ’

Facebook Comments

हरेक खबर खास खबर