१८ मंसिर २०७८, शनिबार
गृह आज दिनभरः लकडाउन उल्लघंन गर्ने १९ सय बढि कारबाहीमा
आज दिनभरः लकडाउन उल्लघंन गर्ने १९ सय बढि कारबाहीमा

काठमाडौं । विश्वब्यापी महामारिका रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउन उल्लंघन गर्ने १ हजार ९ सय ६० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आज ५ सय ४१ महिला सहित १ हजार ९ सय ६० जनालाई नियन्त्रणमा लिएको हो । जसमा काठमाडौंबाट १७ सय ८६ जनालाई नियन्त्रणमा लिएको छ भने ललितपुरबाट १ सय ६० र भक्तपुरबाट १४ जनालाई नियन्त्रणमा लिएको हो ।

आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै २ सय ६६ वटा दुई पाङ्ग्रे र १० वटा चारपाङग्रे गरी २ सय ७६ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
लकडाउन उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको प्रहरीले जनाएको छ ।


Facebook Comments

हरेक खबर खास खबर