१८ मंसिर २०७८, शनिबार
गृह धनगढिका कोरोना संक्रमितको तेश्रो रिपोर्ट ‘पोजेटिभ’
धनगढिका कोरोना संक्रमितको तेश्रो रिपोर्ट ‘पोजेटिभ’

धनगढि । धनगढिका कोरोना संक्रमित युवकको तेश्रो रिपोर्ट पनि ‘पोजेटिभ’आएको छ । यसअघि दोस्रो पटक गरिएको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको हो । तेस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले जानकारी दिए । सेती प्रादेशिक अस्पतालमा उपचारत धनगढी उप–महानगरपालिका–५ का ३४ वर्षीय युवकमा चैत १४ गते कोरोना पुष्टि भएका थियो । १५ दिनसम्म अस्पतालमा बसेका युवाको तेस्रो रिपोर्ट आएमा डिस्चार्ज गर्ने तयारी गरिएको थियो ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । ती युवककी भाउजूमा पनि कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । उनकी भाउजूको पनि दोस्रो रिपोर्ट ‘पोजेटिभ’ देखिएको छ । यससैगरि कञ्चनपुरका ४१ वर्षीय संक्रमितको पनि दोस्रो रिपोर्ट ‘पोजेटिभ’नै आएको छ । कैलालीको लम्कीका २१ वर्षीय संक्रमितको दोस्रो रिपोर्ट आउन भने बाँकी छ । डा जोशीका अनुसार रिपोर्ट ‘पोजिटिभ’आए पनि चारै जनाको अवस्था सामान्य रहेको छ ।


Facebook Comments

हरेक खबर खास खबर