२२ मंसिर २०७८, बुधबार
गृह लकडाउने आएन नेपालमा रेल
लकडाउने आएन नेपालमा रेल

काठमाडौं । कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपाल आउन समय लाग्ने भएको छ । रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पाेरेसन र रेल विभागबीच चैत १८ गते पहिलो रेल सेट हस्तान्तरण गर्ने सहमति भएको थियो । तर, लकडाउनका कारण रेल सेट हस्तान्तरण हुन नसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन् । भारतमा चैत १२ गतेदेखि लकडाउन गरिएको छ । सम्भवत लकडाउन सकिएपछि कोंकणले रेल हस्तान्तरण गर्ने नयाँ समय सीमा तोक्नेछ । लकडाउन सकिए पनि तत्कालै नेपाली भूमिमा भने रेल ल्याउन सकिने अवस्था बनिसकेको छैन ।

Facebook Comments

हरेक खबर खास खबर