१८ मंसिर २०७८, शनिबार
गृह कोरोना आशंका गरिएका २ जना डडेल्धुरा अस्पतालबाट भाँगे
कोरोना आशंका गरिएका २ जना डडेल्धुरा अस्पतालबाट भाँगे

डडेल्धुरा । कोरोना भाइरस (कोभिड १९) को आशंकामा डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका दुईजना भागेका छन् । कोरोना आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना गरिएका उनीहरू अस्पताललाई जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए । विष्टका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य नै थियोे ।

अस्पतालबाट भागेका उनीहरूहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका व्यक्ति हुन्। प्रहरी र गाउँपालिकाले उनीहरूको खोजी गरिरहेको छ । गाउँपालिका अध्यक्ष कौशिला भट्टका अनुसार भागेका उनीहरू आमा–छोरा हुन्। छोरा भारतबाट आएको बुझिएको छ । सूचना पाउनेबित्तिकै उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।


Facebook Comments

हरेक खबर खास खबर