१८ मंसिर २०७८, शनिबार
गृह कफर्यु पास माग्दा प्रहरीको हात काटिदिएपछि…
कफर्यु पास माग्दा प्रहरीको हात काटिदिएपछि…

पन्जाब । भारतमा एक समुहले ‘कफ्र्यू पास’ माग्दा प्रहरीको हात काटिदिएको छ । पन्जाबस्थित पटियालामा आइतबार बिहान लकडाउनको अवज्ञा गर्दै परम्परागत हतियार तथा पोशाकमा निस्केका चार–पाँचका समूहलाई प्रहरीले ‘कफ्र्यू पास’ मागेको थियो ।उनीहरूलाई कफ्र्यू पास देखाउन भनेका थिएँ तर गाडी गेट र डिभाइडरमा लगेर ठोक्काइदिए,पटियालाका एसएसपी मन्दीप सिंहले भने,ुत्यसपछि प्रहरीमाथि आक्रमण गर्न थालेको हो ।

उनका अनुसार तफी शिखहरूले असईको हात तरबारले काटिदिएका हुन् । त्यस्तै, अन्य दुई प्रहरी घाइते भएका थिए । घाइते प्रहरीको कुहिनो र हातमा चोट लागेको पिटिआइले जनाएको छ । हात काटिएका असईको उपचारका लागि राजिन्द्र अस्पतालमा लगिएको थियो भने पछि त्यहाँबाट चन्डीगढको पिजिमरमा रिफर गरिएको थियो । घटनामा संलग्न एकलाई प्रहरीले पक्राउ गरेको थियो। अन्य भने फरार रहेको एसएसपी सिंहले जानकारी दिए ।


Facebook Comments

हरेक खबर खास खबर