१७ मंसिर २०७८, शुक्रबार
गृह भारतमा बन्यो कोरोना कार
भारतमा बन्यो कोरोना कार

हैदराबाद । भारतको हैदराबादमा बस्ने के सुधाकरले अनौठा आकारप्रकारका कारहरू बनाउने गरेका छन् । त्यसैक्रममा उनले कोरोनाभाइरसप्रतिको सचेतना जगाउनका लागि कोरोना कार बनाएका छन् । अनौठा कारहरूको संग्रहालय सुधा कार्स चलाउने सुधाकरले बुधवार यो अनौठो कार सार्वजनिक गरेका हुन् ।

‘मानिसहरूलाई कोरोनाभाइरसप्रति सचेतना जगाउन तथा घरैमा बस्न प्रेरित गर्न मैले यो कार बनाएको हुँ । घरबाट नआउनका लागि स्पष्ट सन्देश दिने मेरो उद्देश्य हो,’ सुधाकरले भने ।  एउटा सीट भएको यो कारमा १०० सीसी इन्जिन छ र यसको फाइबर बडी छ । ‘अधिकतम ४० किलोमिटर प्रतिघन्टा चल्ने यो कार बनाउन मलाई १० दिन लाग्यो,’ उनले भने ।


हैदराबाद प्रहरीलाई कोभिड–१९ सचेतना फैलाउन यो कार दान दिने उनको लक्ष्य छ । उनले बर्गर, चुच्चो हील भएको जुत्ता, झोला, क्यामरा, फूटबल र कम्प्युटरको आकार भएका कार पनि उत्पादन गर्ने गरेका छन् ।

Facebook Comments

हरेक खबर खास खबर