१७ मंसिर २०७८, शुक्रबार
गृह भोलि बिहान राष्ट्रिय गान गाउन प्रधानमन्त्रिको आग्रह
भोलि बिहान राष्ट्रिय गान गाउन प्रधानमन्त्रिको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को दिन राष्ट्रिय गान गाउन आग्रह गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालको अनुरोधमा प्रधानमन्त्री ओलीले मनपरेको भन्दै सबैलाई आ आफ्नो घरको झ्याल ढोका वा कौसीबाट भोलीबिहान आठ बजे राष्ट्रिय गान गाउन अनुरोध गरेका हुन् ।

ग्लोबल कम्प्याक्टले अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, अतिआवश्यक प्रदायकका कर्मचारी, लगायतको सम्मानमा राष्ट्रिय गान गाउन र गुन्जाउन अनुरोध गरेको हो। प्रधानमन्त्री ओलीले ट्वीट गर्दै सबै यस कार्यक्रममा सामेल हुन आग्रह गर्नुभयो । राष्ट्रिय गान सकिएपछि सबैले करताल ध्वनीले ऐक्यबद्धता स्वरूप ताली बजाएर सम्मान गर्न समेत आग्रह गरेका छन् ।


Facebook Comments

हरेक खबर खास खबर