१८ मंसिर २०७८, शनिबार
गृह राहतमा भ्रष्टाचार भएको बहस गर्ने बेलामै रेडियो कार्यालय घेर्न पुगे वडाअध्यक्ष
राहतमा भ्रष्टाचार भएको बहस गर्ने बेलामै रेडियो कार्यालय घेर्न पुगे वडाअध्यक्ष

धनगढी एफएम रेडियोमा राहत वितरणमा भएको अनियमितताबारे बहस भएपछि धनगढीका एक वडाअध्यक्षले रेडियोको कार्यालय घेरेका हुन ।धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष तथा प्रवक्ता सन्तोष मुडभरीको समूहले आइतबार रेडियो धनगढीको कार्यालय घेराउ गरेको हो । कार्यक्रम ‘तातो बहस’का प्रस्तोता नवराज धानुकका अनुसार बिहान तातो बहस कार्यक्रम लाइभ बजिरहेका बेला उनले ६ जना समर्थकसहित रेडियोको कार्यालय घेराउ गर्न आएका जनाएका छन ।

रेडियोमा राहत वितरणबारे अनियमितता सम्बन्धी बहस भइरहँदा कार्यक्रम चल्न नदिने वडाअध्यक्षको समूह र कार्यक्रम चलाउन पाउनुपर्ने स्थानीयको समूहबीच रेडियो परिसरमै विवाद भइरहेको थियो ।कार्यालयमै आएर वडाअध्यक्षले पत्रकारमाथि दुव्र्यवहार गरेको र आफू असुरक्षित भएको पत्रकार धानुकले गुनासो गरेका छन्। ।


Facebook Comments

टक बहादुर खाती खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।