१७ मंसिर २०७८, शुक्रबार
गृह नेपाली चिकित्सकहरुलाइ धम्क्याउँछन् आइसोलेसनमा रहेका भारतियहरु
नेपाली चिकित्सकहरुलाइ धम्क्याउँछन् आइसोलेसनमा रहेका भारतियहरु

काठमाडौं । वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ जना भारतीय मुस्लिम जमाती (धर्म प्रचारक)मा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि छपकैया क्षेत्र शील गरिएको छ । शिल भएसंगै शंकास्पद व्यक्तिको खोजी सुरु गरेको छ । कोरोनाका संक्रमण पुष्टि भएका ३ जना भारतीयहरु बसेको छपकैयाको मस्जिद र नजिकैको घुसुकपुर मस्जिदबाट गरी हिजो साँझ प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ ।

छपकैयाको मस्जिदबाट ११ जना र घुसुकपुरको मस्जिदबाट १५ जना गरि २६ जना मुस्लिम जमाती र मौलानाहरुलाइ प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएर वीरगन्जको सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको हो ।
यस्तै नारायणी अस्पतालको आइसोलेसनमा शुक्रबार साँझदेखि राखिएका कोरोना संक्रमीत भारतीय मुस्लिम जमातीले अनौठो व्यवहार देखाउनुका साथै अभद्र हर्कत गरिरहेको बताइएको छ । आइसोलेसन वार्ड बाहिर सुरक्षामा खटिएका नेपाल प्रहरीका एक सुरक्षाकर्मीका अनुसार आइसोलेसनमा रहेका तीनजना भारतीय जमातीले डाक्टर र नर्सका कुरा नमान्ने , रोग सारिदिन्छु भनेर धम्क्याउने गरेका छन् ।


आइसोलेसनको कोठाभित्रै बस्न भनिए पनि उनीहरु कोठाबाट बाहिर निस्किएर घुम्ने गरेको ती सुरक्षाकर्मीले बताएका छन् । आइसोलेसन राखिएका भारतीय जमातीले अभद्र व्यवहार गर्न थालेपछि शनिबार डाक्टर र नर्स चेकजाँचका लागि आइसोलेसन वार्डमा नगएको अस्पतालले जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर