१७ मंसिर २०७८, शुक्रबार
गृह सुरु भयो नयाँ बर्ष २०७७
सुरु भयो नयाँ बर्ष २०७७

काठमाडौं ।
आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ । आज नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्यांकन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्दछन् । विगतमा होटल, रेष्टुरेन्ट, पार्क लगायतका स्थानमा भेला भएर नयाँ वर्ष मनाउने गरिए पनि यस वर्ष कोरोना भाइरस महामारीको जोखिमका कारण नेपालीहरुले घरमै बसेर नयाँ वर्ष मनाउँदैछन् ।

Facebook Comments

हरेक खबर खास खबर