१७ मंसिर २०७८, शुक्रबार
गृह आरडीटी परीक्षणमा बाग्लुङमा थप एकजनामा कोरोना पोजेटिभ
आरडीटी परीक्षणमा बाग्लुङमा थप एकजनामा कोरोना पोजेटिभ

बागलुङ । बागलुङेमा थप एक जनामा कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको छ । भारतमा तीर्थयात्रामा गएर फर्केकी एक ६५ वर्षीय महिलाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट आएको हो । आइतबार जिल्लाको काठेखोला गाउँपालिकामा गरिएको परीक्षणको क्रममा वडा नं ६ बाट आएकी ती महिलाको रिपोर्ट पोजिटिभ देखिएपछि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणको तयारी गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारि दिएका छन् ।

लकडाउनको केहिदिन अघि नै उनी तीर्थयात्राका लागि भारतको गयाँ गएको खुलासा भएको छ । उनको साथमा गएकाहरुको र उनको घर परिवारसंग सम्पर्कमा रहेकाहरुको पनि खोजी भइरहेको गाउँपालिका अध्यक्ष अमर थापाले बताए । गाउँपालिकाभरमा ४४ जना भारतबाट आएका र ८ जना अन्य देशबाट आएकाहरुको आरडीटी किटबाट कोभिड–१९ परीक्षण गरिएको थियो । उनको स्वाब संकलन गरेर तत्काल पोखरा पठाइने धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलको भनाइ छ ।


Facebook Comments

हरेक खबर खास खबर