१७ मंसिर २०७८, शुक्रबार
गृह कौलालीको लम्किकी ६५ बर्षिय महिलामा कोरोना पोजेटिभ
कौलालीको लम्किकी ६५ बर्षिय महिलामा कोरोना पोजेटिभ

कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पतालका स्वास्थ्यकर्मीका अनुसार बालकल्याण मावि भूरुवाको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

कैलालीमा परीक्षण गर्दा नेगेटिभ देखिएको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ । ¥यापिड टेष्टमा नेगेटिभ देखाएको थियो । उनी वीरगन्जमा सामान्य व्यापारको कारोवार गर्दै आएकी थिइन् । वीरगन्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामाचैत्र ९ गते आएका थिए । पहिला क्यारेन्टाइनमा बस्न नमानेपनि पछि सबैले बस्न भनेपछि मानेका थिए ।


५१ जना रहेको क्वारेन्टाइनबाट टीकापुर अस्पतालको स्वास्थ्यकर्मीको टोलीले ४४ जनाको स्वाब संकलन गरेको थियो । काठमाडौंबाट गएको टोलीले २५ गते ¥यापिड र स्वाब दुबै संकलन गरेको थियो । लम्की चुहामै ९९ जनाको स्वाब संकलन भएको थियो त्यसमध्ये ९८ जनाको रिर्पोट नेगेटिभ आएको छ । सरकारले भने आधिकारिक घोषणा गरिसकेको छैन । यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ ।

Facebook Comments

हरेक खबर खास खबर