१७ मंसिर २०७८, शुक्रबार
गृह भारतमा आइसोलेसनमा रहेकी युवतीमाथी वलात्कार, डाक्टर पक्राउ
भारतमा आइसोलेसनमा रहेकी युवतीमाथी वलात्कार, डाक्टर पक्राउ

विहार । भारतको विहार राज्यको गया जिल्लास्थित एक अस्पतालमा आइसोलेसन वार्डमा भर्ना भएकी एक महिलामाथि बलात्कार भएको खबर बाहिर आएको छ । खबर बाहिर आएसँगै आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। पीडित महिलाको भने मृत्यु भइसकेको छ । डेक्कन हेराल्डको रिपोर्ट अनुसार यो घटना अप्रिल ७ का दिन बाहिर आएको हो ।

पीडित महिला जसको मृत्यु भइसकेको छ, उनलाई गयाको अनुग्रह नारायण मगध मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । पीडित महिलाको परिवारले अस्पतालका एक स्वास्थ्यकर्मीले दुई दिनसम्म ती महिलामाथि बलात्कार गरेको आरोप लगाएको छ । अस्पतालबाट डिस्चार्ज भएपछि ती महिलालाई घरमा लगिएको थियो। घरमा अत्याधिक रक्तस्राव भएपछि ती महिलाको मृत्यु भएको थियो ।


रिपोर्ट अनुसार २५ वर्षीय ती महिला २५ मार्चका दिन पतिको साथ पञ्जाबको लुधियानाबाट बिहारको गया आएकी थिइन् । लुधियानामा ती महिलाको गर्भपतन भएको थियो, जतिबेला महिला दुई महिनाकी गर्भवती थिइन् । गया पुगेपछि ती महिलाले अत्याधिक रक्तश्राव भएको बताएकी थिइन् । पतिले ती महिलालाई २७ मार्चका दिन अनुग्रह नारायण मगध मेडिकल कलेजमा भर्ना गरेका थिए । अस्पतालले ती महिलालाई कोरोना भाइरस संक्रमण भएको आशंकामा आइसोलेसन वार्डमा भर्ना गरेको थियो ।

पीडित महिलाका परिवारका अनुसार आइसोलेसन वार्डमा रेखदेख गर्ने डाक्टरले अप्रिल २ र ३ का दिन उनीमाथि बलात्कार गरेका थिए ।

‘मेरी बुहारीको कोरोना रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको थियो। घर फर्केपछि उनी चुपचाप र अरुभन्दा अलग्गै बस्न थालिन् । उनी डराएकी थिइन् । हामीले सोधेपछि उनले आइसोलेसन वार्डमा एक डाक्टरले आफूलाई बलात्कार गरेको बताइन्,’ पीडित महिलाकी सासुले भनिन् ।

पीडित महिलाको ६ अप्रिलका दिन मृत्यु भएको थियो । हिन्दुस्तानको रिपोर्ट अनुसार पीडित महिलाकी सासु फुलवा देवीले आरोपित स्वास्थ्यकर्मीविरुद्ध रौशनगन्ज प्रहरी चौकीमा उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले आरोपित डाक्टरलाई पक्राउ गरेको थियो । यसअघि मगध मेडिकल कलेज अस्पतालले उक्त घटनाका विषयमा छानबिन गर्न एक समिति गठन गरेको थियो ।

Facebook Comments

हरेक खबर खास खबर