१७ मंसिर २०७८, शुक्रबार
गृह किसानको गहुँ बिक्रि नभएमा नगरपालिकाले बेचिदिने
किसानको गहुँ बिक्रि नभएमा नगरपालिकाले बेचिदिने

रुपन्देही । किसानले उत्पादन गरेको गहुँ बिक्री नभएमा रुपन्देहीको तिलोत्तमा नगरपालिका आफैले बेचिदिने भएको छ । यसका लागि नगरपालिकाले गहुँको न्यूनतम समर्थन मुल्य तोकेको छ । समर्थन मुल्य तोकिएसंगै बिचौलियाको मनोमानी समेत हट्ने विश्वास गरिएको छ । नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार रुपैयाँ तोकेको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिएका छन् ।

तिलोत्तमा नगरपालिकाले किसानलाई चालु आर्थिक वर्षमा १ सय ३६ मेट्रिक टन गहुँको बिउ ४० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । अनुदानमा उन्नत बिउ पाएसँगै नगरपालिकामा गहुँ खेती बढेको कृषि शाखाले जनाएरको छ । यस वर्ष नगरपालिकाको २ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा ६ हजार मेट्रिक टन उत्पादन हुने अपेक्षा गरिएको शाखाले जनाएको छ । तिलोत्तमा नगरपालिकाले समेत निर्माण भइरहेको आफ्नो प्रमुख प्रशासनिक कार्यालय परिसरमा झण्डै तीन बिगाहा खेतमा गहुँ खेती गरेको छ ।


Facebook Comments

हरेक खबर खास खबर