१८ मंसिर २०७८, शनिबार
गृह स्याङ्जामा लकडाउनका बेला घर पुर्याइदिने भन्दै बलात्कार
स्याङ्जामा लकडाउनका बेला घर पुर्याइदिने भन्दै बलात्कार

स्याङ्जा । स्याङ्जामा लकडाउनको मौका छोप्दै मोटारसाइकलमा घर पु¥याइदिने वाहानामा २ युवती बलात्कारको सिकार बनेकी छन् । जिल्लाको हरिनाश गाउँपालिका–६ बस्ने १९ वर्षीया युवती र चापाकोट नगरपालिका–६ बस्ने १७ वर्षीया युवती जबरजस्ती करणीमा परेकी हुन् । १९ वर्षीया युवतीलाई सोही गाउँ स्थित २० वर्षीय सन्देश थापा र २३ वर्षीय सागर थापाले जवरजस्ती करणी गरेका हुन् । ग १८ प १५५७ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले पीडित युवतीलाई घरसम्म पु¥याइदिने बहनामा एकान्तमा लगेर जवरजस्ती करणी गरेको खुलासा भएको छ ।

तर, सन्देश थापाले जवरजस्ती करणी गरे लगत्तै सागर थापाले करणी गर्न खोज्दा गाउँलेले देखेपछि उनीहरु मोटरसाइकलमा भागेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सन्देशले मात्रै जवरजस्ती करणी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिसपी नबिनकृष्ण भण्डरीले बताए । तर घट्नामा दुवै जनाको संलग्न देखिएकाले अनुसन्धान भइरहेको डिएसपी भण्डरीले बताए । घट्ना अवेगमा घटाएको हुन सक्ने उनले आशंका गरे ।


घटना लगत्तै फरार रहेका उनीहरुविरुद्ध पीडितको पक्षबाट जिल्ला प्रहरी कार्यालयमा किटनी जाहेरी परेको थियो । प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो । पक्राउ लगत्तै जिल्ला अदालत स्याङ्जामा जबरजस्ती करणी उद्योगमा म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर