१८ मंसिर २०७८, शनिबार
गृह दुइ दिनको अवस्था हेरेर लकडाउन थप्ने की नथप्ने निर्णय हुन्छ
दुइ दिनको अवस्था हेरेर लकडाउन थप्ने की नथप्ने निर्णय हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ सालको स्वागत साह्रै अप्ठ्यारो परिस्थितिमा गर्नुपरेको बताएका छन् । उनले कोरोना भाइरसको महामारीबाट सिङ्गो मानव जातिसहित नेपाली पनि छिट्टै मुक्त हुन सकौं भन्ने कामना गरे । नयाँ वर्षको अवसरमा आज देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिमित स्रोत साधनका बीचमा कोरोना भाइरस नियन्त्रण गरिरहेको बताएका छन् ।

बाकीँ काम तीनै तहको सरकारको समन्यमा हुने बताए । प्रधानमन्त्री ओलीले कोरोना भाइरसको कारण विश्व आर्थिक मन्दी निम्त्याउने बताए । महामारी पछि आउने विश्वव्यापी आार्थिक मन्दीले नेपालाको अर्थतन्त्रलाई गहिरो धक्का दिने स्पष्ट पारे । । उनले कोरोना भाइरसका कारण प्रभावित भएकाहरुको रोजीरोटीको जोहो गर्ने र देशलाई छिट्टै महामारीबाट उम्काउने दाबी गरेका छन् ।


कोरोना विरुद्धको लडाइँ जित्न सबैको एकताबद्ध प्रयास, आत्मविश्वास र मनोबल खाँचो पर्ने बताउँदै उनले संक्रमणको चपेटामा परेका सबैको अभिभावकत्व सरकारले लिने बताएका छन् । साथैँ उनले कोरोना सङ्क्रमणबाट मुलुक मुक्त नहुँदासम्म आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरे ।

साथै प्रधानमन्त्री ओलीले आगामी वैशाख ३ गते लकडाउनको दोस्रो समयावधि पूरा हुने र यिनै दुई दिनको अवधिमा हुने प्रगतिको आधारमा कोरोना–महामारीविरुद्धको सरकारको नीति कस्तो हुने भन्ने निर्णय गर्ने बताउनुभएको छ ।

Facebook Comments

हरेक खबर खास खबर