१७ मंसिर २०७८, शुक्रबार
गृह धारिलो हतियार प्रहार गरेको अवस्थामा युवकको शव फेला
धारिलो हतियार प्रहार गरेको अवस्थामा युवकको शव फेला

सप्तरी । सप्तरीमा धारिलो हतियार प्र्रहार गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका–१, भारदहस्थित सडक छेउमा सुरज साहको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
भारदह निवासी १९ वर्षीय साहको टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार गरिएको छ ।

भारदहदेखि भलुवातर्फ जाने कोशी बाँधको छेउमा उनको शव फेला परेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिएका छन् ।  घटनाको अनुसन्धान गर्नका लागि तालिम प्राप्त कुकुर बोलाइएर अनुसन्धन थालिएकाले बाँकी कुरा पछि मात्रै थाहा हुने डिएसपी मिश्रले जानकारि दिए ।


Facebook Comments

हरेक खबर खास खबर