१८ मंसिर २०७८, शनिबार
गृह लकडाउन उल्लंघन गर्नेमाथी लाठिचार्ज, बृद्धाको मृत्युपछि तनाव
लकडाउन उल्लंघन गर्नेमाथी लाठिचार्ज, बृद्धाको मृत्युपछि तनाव

सप्तरी । सप्तरीमा लकडाउन उल्लंघन गर्नेमाथी प्रहरीले लाठी चार्ज गर्दा उत्पन्न तनाबमा एक महिलाको मृत्यु भएको छ ।
वीरपुरमा आज सरकारले लगाएको लकडाउन उल्लंघन गर्नेमाथि प्रहरीले लाठी प्रहार गर्ने क्रममा तनाब बढेपछि त्यहाँ पुगेकी महिलामाथि समेत कुटपिट हुँदा उनको मृत्यु भएको हो । बिहान करिब ११ बजे खड्क नगरपालिका ६ स्थित वीरपुरमा घर बाहिर निस्किएका युवामाथी प्रहरीले लाठि प्रहार गरेको थियो ।

प्रहरीले लाठि प्रहार गरेपछि त्यसो नगर्न भन्दै गएकी ६५ वर्षीया जैनव खाँतुनलाई समेत प्रहरीले लाठी प्रहार गरेको थियो ।
प्रहरीको लाठी प्रहारकै कारण उनको ज्यान गएको वडाध्यक्ष भगवती प्रसाद चौधरीले जानकारि दिएका छन् । सप्तरी प्रहरीले भने वृद्धा ब्लड प्रेसरका कारण ढलेको जनाएको छ । घटनास्थलमा ढलेकी वृद्धालाई एडभान्स अस्पताल कल्याणपुरमा लगिए पनि त्यहाँ उपचार संभव नभएको भन्दै सगरमाथा अंचल अस्पताल राजबिराज पठाइएको थियो । ११ः५० बजे उपचारको क्रममा वृद्धाको मृत्यु भएको प्रहरीले दावी गरेको छ । उनको शव सगरमाथा अंचल अस्पताल राजबिराजमा राखिएको छ ।


बृद्धाको मृत्युपछि स्थानीय र प्रहरीबीचको तनाब झन बढेको छ । स्थानीयले प्रहरीको गाडी नियन्त्रणमा लिएका छन् ।
प्रहरीको कुटपीटबाट वृद्धाको मृत्यु भएको भन्दै स्थानीयले अहिले त्यहाँ नारावाजी तथा विरोध गरिरहेको वडाध्यक्ष चौधरीले बताएका छन् । अहिले प्रहरी र स्थानीय जनप्रतिनिधि साथै मृतकका आफन्तबीच छलफल भइरहेको छ ।

Facebook Comments

हरेक खबर खास खबर