१७ मंसिर २०७८, शुक्रबार
गृह रौतहटका १९ बर्षिय युवामा कोरोना पुष्टि
रौतहटका १९ बर्षिय युवामा कोरोना पुष्टि

रौतहट । नेपालमा कोरोनाका थप संक्रमित भेटिउका छन् । रौतहतमा १९ वर्षीय एक युवामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रौतहटको क्वारेन्टाइनमा रहेका युवामा कोरोना देखिएको हो । उनलाई अस्पताल लैजाने प्रक्रिया सुरु भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको बताएका छन् । यसअघि कैलालीकी ६५ बर्षिया बृद्धामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


Facebook Comments

हरेक खबर खास खबर