१७ मंसिर २०७८, शुक्रबार
गृह काठमाडौंमा एकै परिवारका ३ जनामा कोरोना आशंका, अस्पताल भर्ना
काठमाडौंमा एकै परिवारका ३ जनामा कोरोना आशंका, अस्पताल भर्ना

काठमाडौं । काठमाडौंमा एकै परिवारका ३ जना कोरोना आशंकामा अस्पताल गर्ना भएका छन् । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टको एकै परिवारका उनीहरुर्को यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताएका छन् ।

अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु १८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपर्छि यापिड टेष्ट गरिएको थियो । अहिले अपार्टमेन्टको यो ब्लकलाई प्रहरीले सिल गरेको छ । उनीहरु बेलायतबाट फर्केको छिमेकीहरुलाई यसअघि नै थाहा थियो । अस्तिदेखि विदेशबाट आएर बसिरहेका भएपनि उनीहरुले स्वास्थ्यजाँच समेत नगराएको उनका छिमेकीहरुले बताएका छन् ।


तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

Facebook Comments

हरेक खबर खास खबर