१८ मंसिर २०७८, शनिबार
गृह बागलुङकी कोरोना संक्रमित युवतीको तेश्रो रिपोर्ट पनि पोजेटिभ
बागलुङकी कोरोना संक्रमित युवतीको तेश्रो रिपोर्ट पनि पोजेटिभ

बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचाररत १९ बर्षिय कोरोना संक्रमित युवतीको कोरोना भइरसको तेश्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । उनकोे स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । आज उक्त स्वाबको रिपोर्ट पोजेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकृत तिर्थराज गौतमले जानकारी दिएका छन् ।

चैत ४ मा बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ बर्षिय युवतीको चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै २१ चैतमा दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको थियो । यस्तै, ¥यापिट टेष्टमा संकास्पद लक्षण भेटिएकी बागलुङ काठेखोला–६ की ६५ वर्षिय महिलाको ‘स्वाव’ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।


Facebook Comments

हरेक खबर खास खबर