१८ मंसिर २०७८, शनिबार
गृह लकडाउन उल्लंघन गर्ने करिव ३ हजार जना कारवाहीमा
लकडाउन उल्लंघन गर्ने करिव ३ हजार जना कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ७७५ महिलासहित २ हजार ९९३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार यो संख्या आज बिहान ६ बजेदेखि साँझ ५ बजेसम्मको हो । नियन्त्रणमा लिइएकाहरुलाई तीन घण्टा कोरोना भाइरसबारे प्रशिक्षण दिएर छाडिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार काठमाण्डौबाट दुई हजार ३६३, ललितपुरबाट ६१० र भक्तपुरबाट २० जनालाई नियन्त्रणमा लिएको हो ।
यसैगरी २१४ वटा दुई पाङ्ग्रे र ७ वटा चारपाङग्रे गरी २२१ वटा सवारी साधन पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


Facebook Comments

हरेक खबर खास खबर