१७ मंसिर २०७८, शुक्रबार
गृह लकडाउनको मौकामा खाद्यवस्तुमा मूल्यवृद्धि
लकडाउनको मौकामा खाद्यवस्तुमा मूल्यवृद्धि

काठमाडौं । कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनको मौकामा थोक बिक्रेताले खाद्यवस्तुको मूल्यमा बृद्धि गरेका छन् । पछिल्लो एक सातामा चामल, दाल, गेडागुडी, तेल, चिनी, नुन जस्ता खाद्य वस्तुको मूल्य अस्वाभाविक रुपमा बढेको छ ।

प्रतिबोरा ९ सय ५० रुपैयाँ भन्दा बढी मूल्यका चामल बोरामै १०० रुपैयाँले भाउ बढेको खुद्रा ब्यापार संघले जनाएको छ । एक साताअघि १५० रुपैयाँ पाइएको मुसुरोका दालमा किलोमै १५ देखि २५ रुपैयाँ, १५० रुपैयाँको मुग दालमा ३० रुपैयाँ तथा मासको दाल १३० रुपैयाँ प्रतिकिलोबाट ३० रुपैयाँले बढेर १६० रुपैयाँ र्पुयाइएको छ ।


खुद्रामा चिनीको मूल्य ७५ रुपैयाँ किलोबाट १० रुपैयाँले बढाएर ८५ र्पुयाइएको छ । भटमासको तेल प्रतिलिटरमा १५ रुपैयाँ तथा सनफ्लावर तेलमा पनि ४० रुपैयाँले मूल्य बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर