१८ मंसिर २०७८, शनिबार
गृह आज : मेघगर्जन र हावाहुरीसहित पानी पर्ने
आज : मेघगर्जन र हावाहुरीसहित पानी पर्ने

काठमाडौं । आज देशका पहाडी क्षेत्रमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौषमविद्हरुले बताएका छन् । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भइ पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अहिले बदली भएको मौसम दिउँसो केही ठाउँमा एकैछिन खुलेपनि आज देशभरिकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना भने निकै कम रहेको छ । पहाडी क्षेत्रमा भने आज बेलुकीसम्म नै पानी पर्दै रोकिने क्रम चलिरहने उनले जानकारि दिए । पश्चिमी वायु कमजोर हुँदै जाने भएकाले राति पानी पर्न केही कम हुनेछ बिहान खुलेको मौसम दिउँसोपछि बदली भइ बेलुकीतिर चट्याङ र हुरीबताससहित पानी पर्नु प्रिमनसुनको विशेषता हो । अहिले प्रिमनसुन चलिरहेको छ । पश्चिमी वायुकै प्रभावले आज बिहानै काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पानी परेको थियो ।


Facebook Comments

हरेक खबर खास खबर