१८ मंसिर २०७८, शनिबार
गृह भारतमा ३ मे सम्म लम्बियो लकडाउन
भारतमा ३ मे सम्म लम्बियो लकडाउन

दिल्ली । भारतमा मे ३ सम्म लकडाउन लम्ब्याइएको छ । प्रधानमनि नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै गर्दै लकडाउनको अवधि ३ मे सम्म पुर्‍याएको घोषणा गरेका हुन् ।भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले नियन्त्रण र रोकथामका लागि लकडाउन बढाउनु परेको मोदीले बताए ।

उनले अहिलेसम्म जनताको साथ र सहयोगले नियन्त्रण गर्न सफल भएको भन्दै अझै केही समय सबैले साथ दिनुपर्ने समेत बताएका छन् । उहाँले भारतका सबै राज्य र जनताले पनि लकडाउन बढाउन माग गरेका कारणले पनि बढाइएको समेत बताए ।


अबको लकडाउन अझै कडा हुने पनि मोदीले सम्बोधनका क्रममा बताएका छन् । उनले लकडाउन कतिको पालना भएको छ भनेर अप्रिल २० सम्म सुक्ष्म तरिकाले मूल्यांकन गरिने र उचित तरिकाले कार्यान्वयन भएको पाइए कैयौं शर्तसहित केही खुकुलो गर्ने संकेत पनि दिएका छन् । अप्रिल २० सम्म हरेक थाना, हरेक जिल्ला र हरेक राज्यमा लकडाउनको पूर्ण पालना गराइने र त्यसपछि केही चिजमा सर्शत छुट दिइने पनि उनले बताएका छन् ।

Facebook Comments

हरेक खबर खास खबर