१७ मंसिर २०७८, शुक्रबार
गृह पैदलयात्रुलाइ खाना खुवाउन आग्रह
पैदलयात्रुलाइ खाना खुवाउन आग्रह

काठमाडौं । लकडाउनका कारण पैदल हिँडेर आफ्नो गन्तब्यसम्म जानेहरुलाइ बाटोमा आना, खाजा र पानीको ब्यबस्था मिलाउन गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशले स्थानीय तहहरुलाई आग्रह गरेको छ । गाउँपालिका महासंघ बागमती प्रदेशका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र मकवानपुरका गाउँपालिका प्रमुखहरुलाई पत्र लेखेर काठमाडौंबाट बाहिरिने पैदल यात्रुहरुका लागि खाना, खाजा र पानीको प्रवन्ध मिलाउन अनुरोध गरेका हुन् ।

लकडाउनका कारण कामविहीन भएपछि दैनिक ज्यालादारी गर्नेहरुले काठमाडौं उपत्यका छाड्ने बढेको छ । सवारीको ब्यबस्था नभएपछि उनीहरु पैदलै हिँडेर भएपनी घर फर्किन बाध्य भएका छन् । लामो पैदल यात्रा रोजेर मानिसहरू घर फर्किन थालेपछि गाउँपालिका महासंघ नेपालले यसबारे चासो देखाएको हो ।


Facebook Comments

हरेक खबर खास खबर