१७ मंसिर २०७८, शुक्रबार
गृह डडेल्धुराका ९७ जनाको काेराेना रिपोर्ट ‘नेगेटिभ’
डडेल्धुराका ९७ जनाको काेराेना रिपोर्ट ‘नेगेटिभ’

डडेल्धुरा । डडेल्धुराका ९७ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । त्यहाँबाट १९९ जनाको नमूना संकलन गरि परिक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो । उनीहरुमध्ये १०२ जनाको रिपोर्ट भने आउन बाँकी रहेको छ । विभिन्न क्वारेन्टाइनमा बसेका मानिसहरूको गत चैत २७ गते ‘थ्रोट स्वाब’ संकलन गरिएको थियो ।

डडेल्धुरा बहुमुखी क्याम्पसमा ८१ जना, त्रिवेणी बहुमुखी क्याम्पस र शिवशंकर माविमा ११८ जना गरी एक सय ९९ जनाको ‘थ्रोट स्वाब’ नमुना संकलन गरिएको थियो । जसमा ९७ जनामा कोरोना भाइरस परीक्षण रिपोर्ट ‘नेगेटिभ’आएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर सुपरभाइजर एंव कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिएका छन् ।


Facebook Comments

हरेक खबर खास खबर