१८ मंसिर २०७८, शनिबार
गृह सामुहिक वलात्कारको आरोपमा ४ जना पक्राउ
सामुहिक वलात्कारको आरोपमा ४ जना पक्राउ

कैलाली । १७ बर्षिया किशोरीलाइ सामुहिक जबरजस्तीकरणी गरेको आरोपमा चार युवक पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका– १ को चनौरामा सोमबार राती आफन्तको घरबाट धनगढी फर्किने क्रममा किशोरीलाई जबरजस्तीकरणी गर्ने चार युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद,२० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेको बताए । पक्राउ परेका उनीहरु चारै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको छ । उनीहरुको साथबाट हसिया र मोटरसाईकल पनि बरामद गरिएको छ ।


प्रारम्भीक अनुसन्धानबाट किशोरीलाई धारिलो हतियार देखाएर उनीसँगै रहेका अन्य तीनजनालाई कुटपिट गर्दै सडकबाट एक सय मिटर पर लगेर जबरजस्तीकरणी गरेको बुझिएको प्रहरीले जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर