१७ मंसिर २०७८, शुक्रबार
गृह कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

भौरहवा । भौरहवाका एक कम्प्युटर अधिकृत बिरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको छ । शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको आरोपमा भैरहवाको सिद्धार्थनगर नगरपालिकाका एक जना कम्प्युटर अधिकृतविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका कम्प्युटर अधिकृत प्रभात ज्ञवालीविरुद्ध आज मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । ज्ञवालीले बढुवाका लागि पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी परेपछि आयोगले उनीविरुद्ध अनुसन्धान अघि बढाएको थियो ।


अनुसन्धानका क्रममा भारतको माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणसीबाट उनले लिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको कोइरालाले जानकारि दिएका छन् ।

Facebook Comments

हरेक खबर खास खबर