२२ मंसिर २०७८, बुधबार
गृह यी भारतीय युवा, जो नेपालको क्वारेन्टाइनबाट भाँग्दै थिए
यी भारतीय युवा, जो नेपालको क्वारेन्टाइनबाट भाँग्दै थिए

इटहरी । इटहरी उपमहानगरपालिकाको जनता क्याम्पसमा बनाएको क्वारेनटाइनबाट आज दिउँसो एकजना भारतिय युवा भाँग्ने प्रयास गरेका छन् । बिहारको फारबिसगन्जबाट इटहरी आइपुगेका २१ वर्षीय युवाले भाग्ने प्रयास गरेका हुन् । इटहरीमा फलफुल व्यवसाय गर्ने आमालाई भेट्न आएका उनलाई सुरक्षाकर्मीले भेटेर इटहरी अस्पताल र्पुयाएको थियो । अस्पतालर्मा यापिड टेस्ट गरिएका उनको टेस्ट नतिजा नेगेटिभ आएको क्वारेन्टाइनका इन्चार्ज विशाल दाहालले जानकारी दिए ।

क्वारेन्टाइन र्पुयाइएका ती युवाले क्वारेन्टाइनबाटै भाग्ने प्रयास गरेका थिए । क्याम्पसबाट निस्केर चार सय मिटर अघि बढेका उनलाई सुरक्षाकर्मीको सहयोगमा क्वारेन्टाइनमा लगिएको थियो । युवालाई समात्ने क्रममा स्थानीय आतंकित बनेका थिए । इटहरीको क्वारेन्टाइनमा २१ जना राखिएका छन् ।


Facebook Comments

हरेक खबर खास खबर