१८ मंसिर २०७८, शनिबार
गृह आरडीटी परिक्षणमा थप दुइ जनामा भेटियो कोरोना
आरडीटी परिक्षणमा थप दुइ जनामा भेटियो कोरोना

काभ्रे । काभ्रेर्मा यापिड डाइग्नोस्टिक परीक्षण (आरडीटी) गर्दा दुई जनाको रिपोर्ट पोजिटीभ आएको छ । जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक एक जनामा कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ देखिएको हो । बेथान्थोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय युवा र मण्डन देउपुर नगरपालिका वडा नम्बर–३ नयाँ गाउँका २३ वर्षीय युवामा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

¥यापिड टेस्टले कोरोना ‘पोजेटिभ’ देखाएपछि दुवैको स्वाब थप परीक्षणका लागि धुलिखेल अस्पतालमा ल्याएको छ । बेथाञ्चोकका युवा ९ चैत्रमा भारतबाट र मण्डनदेउपुरका युवा ७ चैत्रमा दुबईबाट आएको बताइएको छ । काभ्रेमा विभिन्‍न देशबाट आएका २ सय ५१ जनाको परीक्षण गर्ने तयारी भएको छ । जसमध्ये आजसम्म १ सय ९१ को परिक्षण भइसकेको छ ।


Facebook Comments

हरेक खबर खास खबर