१७ मंसिर २०७८, शुक्रबार
गृह काठमाडौंमा टिकटक प्रतियोगिता हुने
काठमाडौंमा टिकटक प्रतियोगिता हुने

काठमाडौं । काठमाडौंमा टिकटक प्रतियोगिता हुने भएको छ । बानेस्वरस्थित वान सिनेमाज ले टिकटक प्रतियोगिता गर्ने भएको हो । प्रतियोगीले कुनै पनि एक फिल्मको संवादमा भिडियो बनाउनु पर्नेछ । बनाएको उक्त भिडियोलाई वान सिनेमाज को अफिसियल फेसबुक पेजमा गरिएको पोष्टमा अप्रिल २० सम्ममा भिडियो कमेन्ट गरिसक्नु पर्नेछ । पोस्ट गरिएको भिडियोमा सबैभन्दा धेरै लाइक पाउने भिडियोलाई उत्कृष्ट पुरस्कार दिइनेछ । विजेताले लकडाउनपछि एक शो नै बुक गरेर सपरिवार फिल्म हेर्न पाउनेछ ।

त्यस्तै, आइप्लेक्स मलले पनि अर्को अफर ल्याएको छ । आइप्लेक्स मल फेसबुक पोस्टमा राखिएको फोटोमा आफूले लकडाउनमा गरेका काममा ठीक चिह्न लगाएर कमेन्ट गरेपछि त्यहाँबाट उत्कृष्ट तीनलाई छनोट गरेर फिल्म देखाइनेछ । क्वारेन्टाइन बिंगो नाम दिइएको यस अफरबाट पनि वान सिनेमाजमा फिल्म हेर्ने मौका पाउनेछ । साथै गिफ्ट भौचर पनि दिइनेछ ।


Facebook Comments

हरेक खबर खास खबर