१८ मंसिर २०७८, शनिबार
गृह ५ महिनापछि साग खेलाडिले पाए पुरस्कार
५ महिनापछि साग खेलाडिले पाए पुरस्कार

काठमाडौं । नेपालमा पाँच महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका पदाधारी खेलाडीले नगद पुरस्कार पाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का अनुसार १३ औं सागमा नेपालका लागि पदक जित्ने ४ सय ३५ जना खेलाडीलाई कुल १९ करोड ५३ लाख रुपैयाँ पुरस्कार दिइएको हो । खेलाडीले पाउने पुरस्कार रकम सोझै उनीहरुको बैंक खातामा पठाइएको छ ।

साग सम्पन्न भएको झण्डै पाँच महिनापछि सरकारले सबै पदाधीकारी खेलाडीको खातामा पुरस्कार रकम वितरण गरेको हो । चैत मसान्तबाट खेलाडीको खातामा पैसा हाल्न सुरु गरिको थियो । युवा तथा खेलकुद मन्त्रालयका अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सबै खेलाडीको खातामा पैसा हाल्ने काम हिजो सकिएको हो । मन्त्रालयले उपलब्ध गराएको खेलाडीको नामावलीअनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयले निकासा भएको पैसा वितरण गरेको हो । नेपालले १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २ सय ६ पदक प्राप्त गरेको थियो ।


व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख तथा टिममा स्वर्णलाई ६ लाख, रजतलाई ४ लाख र कास्यलाई २ लाखका दरले पुरस्कार पठाइएको थियो । पौडीकी गौरिकाले सबैभन्दा धेरै ६२ लाख पुरस्कार पाएकी छिन् । एकल स्पर्धामा ४ स्वर्ण र २ रजत जितेकी उनले सामूहिक स्पर्धामा ३ कांस्य जितेकी थिइन् । यस्तै एकभन्दा बढी स्वर्ण जितेका मन्डेकाजी, आयशा र सुवासलतेक्वान्दोकी आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले २२–२२ लाख पुरस्कार पाएका छन् ।खेलाडीको पुरस्कार रकममा करकट्टा नगरिएको राखेपले जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर