१८ मंसिर २०७८, शनिबार
गृह झापाका एक युवाको एन्टिबडी पोजिटिभ
झापाका एक युवाको एन्टिबडी पोजिटिभ

झापा । र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) का क्रममा झापाका एक युवकमा एन्टिबडी पोजिटिभ देखिएको छ । जिल्लाको हल्दिबारी गाउँपालिकामा बुधबार भएको आरडीटी परीक्षणमा २९ वर्षीय ती युवकमा एन्टिबडी पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले बताएका छन् ।

परिक्षणमा ६१ जनाको परीक्षण गरिएकामा अन्यमा नेगेटिभ रिपोर्ट आएको थियो ।आरडीटी पोजिटिभ देखिएका युवक चैत ५ गते दुबईबाट घर फर्किएको बताइएको छ । उनमा कोरोना भाइरसको लक्षण भने नदेखिएको चम्लागाईले बताए । आरडीटी पोजिटिभ देखिए पनि उनलाई हाल हल्दिबारीस्थित क्वारेन्टाइनमै राखिएको छ । पछिल्ला दिनमा जिल्लाका क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको आरडीटी परीक्षण गरिएकामध्ये २ सय ३२ जनाको आरडीटी रिपोर्ट नेगेटिभ देखिएको छ ।


Facebook Comments

हरेक खबर खास खबर