१७ मंसिर २०७८, शुक्रबार
गृह इटलीबाट आएकी महिलाकाे र्यापिड टेस्टमा कोरोना देखियो
इटलीबाट आएकी महिलाकाे र्यापिड टेस्टमा कोरोना देखियो

काठमाडौं । र्यापिड टेस्टका क्रममा एक महिलामा कोरोना संक्रमण (पोजेटिभ) देखिएको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ९ मा बुधबार्र यापिड टेस्टका क्रममा इटलीबाट आएकी ३१ वर्षीय एक महिलामा कोरोना पोजेटिभ पाइएको हो ।नगरपालिका नगरप्रमुख उद्धवप्रसाद खरेलर्ले यापिड टेस्टमा कोरोना पोजेटिभ पाइएपछि पीसीआरका लागि टेकु अस्पताल पठाइएको जानकारी दिए ।

उनका अनुसार इटलीबाट आएकी ती महिला २२ दिन घरमै क्वारेनटाइनमा बसेकी थिइन् । थप रिपोर्ट आएपछि नगरपालिकाले औपचारिक रूपमा जानकारी दिने उनले बताए । यसअघि सनसिटी अपार्टमेन्टमा पर्नि यापिड टेस्टकै क्रममा बेलायतबाट फर्केका एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ देखिएको थियो । तर पीसीआरबाट परीक्षण गर्दा दुईजनामा मात्रै कोरोना पोजेटिभ पाइएको थियो ।


Facebook Comments

हरेक खबर खास खबर