१८ मंसिर २०७८, शनिबार
गृह सिमा क्षेत्रमा थप ८ हजार शशस्त्र प्रहरी खटाइयो
सिमा क्षेत्रमा थप ८ हजार शशस्त्र प्रहरी खटाइयो

काठमाडौं । भारतसंग सिमा जोडिएको दक्षिणी नाकामा थय ८ हजार बढि सशस्त्र प्रहरी खटाइएको छ । लकडाउन उल्लंघन गरेर नेपाल प्रवेश गर्नेहरुको संख्यानमा कमि नआएपछि नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न भन्दै थप जनशक्ति खटाइएको हो । कारोना भाइरस (कोभिड्–१९) को संक्रमण जोखिम कम गर्न भन्दै सरकारले विभिन्न बाहिनीबाट सुरक्षाकर्मी खटाएको हो ।

सशस्त्र प्रहरी बल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीबाट १ हजार ५ सय ४९, २ नम्बर छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट ३ हजार २ सय ६२, ३ नम्बर गढीमाई बाहिनी मुख्यालय मकवानपुरबाट १९, ४ नम्बर मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीबाट १८, ५ नम्बर बिन्धबासिनी मुख्यालय रुपन्देहीबाट २ हजार ४ सय २० र ७ नम्बर वैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट १ हजार १ सय १५ गरेर ८ हजार ३ सय ८३ सशस्त्र प्रहरी खटाइएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि कोरोना संक्रमणलगत्तै पाँच हजार जनशक्ति सीमामा थप गरिएकोमा बैशाख १ गते गृहमन्त्रीले पहाडी र हिमाली जिल्लाका समेत दरबन्दी घटाएर सीमामा खटाउन निर्देशन दिएका थिए ।


Facebook Comments

हरेक खबर खास खबर