१८ मंसिर २०७८, शनिबार
गृह धरानमा स्वास्थ्यकर्मीमाथी कुटपिट
धरानमा स्वास्थ्यकर्मीमाथी कुटपिट

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका – २० पानवारीमा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको छ । बिहीबार बिहान साढे ७ बजे स्वास्थ्यकर्मी चन्द्रप्रकाश खनालले बिरामीको उपचार गर्न जाने क्रममा उनले पानमारा चौकीका प्रमुख भेषबहादुर राउतलाई परिचयपत्र देखाउँदै गर्दा आफूलाई पाइपले हानेको खनालले बताए । इलाका प्रहरी कार्यालय धरानका प्रमुख ढुण्डीराज न्यौपानेले भने कुटपिट नभएको दाबी गरेका छन् तर उनको ढाडमा निलडाम बसेको छ ।

Facebook Comments

हरेक खबर खास खबर