१७ मंसिर २०७८, शुक्रबार
गृह धनगढीमा परीक्षण गरिएका दुई जनाको रिपोर्ट पोजेटिभ
धनगढीमा परीक्षण गरिएका दुई जनाको रिपोर्ट पोजेटिभ

कैलाली । धनगढिमा जडान गरिएको आरटीपिसीआर मेसिनमा परिक्षणका क्रममा दुइ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रयोगशालाका अनुसार अनुसार सुर्खेतबाट ल्याईएको ९९ वटा थ्रोट स्वावको नमूना परीक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण देखाएको हो । उनीहरु दुबै जना सुदुरपश्चिमका नभइ रुकुम पश्चिमका हुन् । दुबै जना भारतबाट आएका बुझिएको छ ।

धनगढीस्थित प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखाएपछि पुनः परीक्षणका लागि नमूना काठमाडौँ पठाईएको छ । धनगढीको प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ देखिएपछि फेरि परीक्षण गर्न काठमाडौं पठाइएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले जानकारि दिए । रिपोर्ट पोजेटिभ देखाएपछि होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई रूकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा लगिएको छ ।


Facebook Comments

हरेक खबर खास खबर