१७ मंसिर २०७८, शुक्रबार
गृह आरडीटी परिक्षणमा थप ४ जनाको कोरोना रिपोर्ट पोजिटिभ
आरडीटी परिक्षणमा थप ४ जनाको कोरोना रिपोर्ट पोजिटिभ

हेटौंडा । हेटौंडामा ४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट कोरोना भाइरस कोभीड १९ को आरडीटि परीक्षण गर्दा हेटौंडामा चारजनामा पोजिटिभ रिपोर्ट आएको हो । हेटौंडा–४ वासुदेव सभागृहमा भएर्को यापिड टेस्टमा चारजनाको पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका प्रमुख प्रणय उपाध्यायले जानकारी दिए ।

४० जनाको टेस्टमा १ महिला र ३ पुरुषमा रिपोर्ट पोजिटिभ आएको टेस्टमा संलग्न मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईंले बताएका छन् । उनीहरुमध्ये भारत बिहार घर भइ हाल हेटौंडा–४ आफ्न्तमा आएकी ५५ वर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय एक युवक रहेका छन्।


उनीहरुलाई पीसीआर जाँचका लागि स्वाब संकलनका लागि हेटौंडा अस्पताल लगिएको छ ।

Facebook Comments

हरेक खबर खास खबर