१७ मंसिर २०७८, शुक्रबार
गृह कोभिड–१९ आकस्मिक कार्यसञ्चालन केन्द्र गठन गर्ने सुदूरपश्चिम सरकारको तयारी
कोभिड–१९ आकस्मिक कार्यसञ्चालन केन्द्र गठन गर्ने सुदूरपश्चिम सरकारको तयारी

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कोभिड–१९ आकस्मिक कार्यसञ्चालन केन्द्र गठन गर्ने भएको छ । प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको उपसचिव र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव आलोपालो संयोजक रहनेगरी केन्द्र गठन गर्ने निर्णय गरेको हो ।

केन्द्रमा सामाजिक विकास मन्त्रालयको अधिकृत प्रतिनिधी सदस्य सचिव रहने उल्लेख छ भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको अधिकृत प्रतिनिधी सदस्य रहने उल्लेख गरिएको छ ।


सो केन्द्रले प्रतिकार्य तथा उद्दार, समन्वय तथा सहजीकरण, प्रदेश संकट व्यवस्थापन केन्द्रमा जाहेरी तथा प्रतिवेदन पेश गर्ने र कोभिड–१९ रोगको नियन्त्रणबारे आगामी रणनीति र कार्ययोजना तयार गर्ने कार्य क्षेत्र निर्धारण गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारि दिए । उनले प्रदेशमा सबै निकायको प्रतिनिधित्व हुनेगरी उत्तरजवाफ तथा कार्य सञ्चालन समूह गठन गर्ने निर्णय भएको बताएका हुन् ।

बैठकले प्रदेशका नौवटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको समन्वयमा सदरमुकाममा तीन सयदेखि पाँच सय बेड र स्थानीय तहमा एक सयदेखि दुई सय बेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको समेत गरेको छ ।

Facebook Comments

हरेक खबर खास खबर